नेप्सेमा झिनो अंकको सुधार, ५ अर्ब ७९ करोडको कारोबार
१० कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन नेप्से परिसूचकमा झिनाे अंककाे सुधार भएकाे छ । मंगलबार नेप्से परिसूचक ०.९४ अंक बढेर २६३०.७६ विन्दुमा बन्द भएको छ। यस दिन ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको १ करोड ५३ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ। यस दिन ८ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे ।
बेनी हाइड्रोपावरको सेयर यस दिन सकारात्मक सर्किट लागेएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ६० रुपैयाँ ८० पैसा बढेर ४६६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। यूनिलिभर नेपालको सेयरमूल्य यस दिन सबैभन्दा बढी ४.९१ प्रतिशत घटेको छ।
यस दिन घलेम्दी हाइड्रोको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २८ करोड ५८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : October 27, 2026 at 3:37 pm










