खानीखोला हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद निष्कासनको अनुमति
१० असार, काठमाडौं । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो ।
अब कम्पनीले ४६ करोड ५७ लाख १४ हजार रपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : १० असार २०८२, मंगलवार १७:४८