नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
१० असार, काठमाडौं । एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान नोबेल शिक्षण अस्पतालमा भर्ना भएकी इलाम सूर्योदय नगरपालिकाकी महिलाको मृत्यु भएको हो ।
ती महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन्। सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको र उनी एक साताभन्दा लामो समयदेखि बिरामी थिइन् ।
प्रकाशित मिति : १० असार २०८२, मंगलवार १३:०४









