४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख २९ हजार कित्ता सेयर बिक्रीमा

१० असार, काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २९ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । जसमध्ये बैंकले १ लाख १५ हजार ५१८ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र १४ हजार ३१२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखएको सेयरमा सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । इच्छुक लगानीकर्ताले बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार ११:३५