प्रभु इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस कति ?
९ असार, काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरूका लागि वितरग गर्ने लाभांश घोषणा गरेको हो ।कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १८.९४७७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : ९ असार २०८२, सोमबार १०:४८