३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव पारित हुँदै

९ असार, काठमाडौं । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा आज बस्दै छ । कम्पनीको साधारण सभा काठमाडौंको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ । यसअघि कम्पनीले जेठ २२ गते साधारणसभा बोलाए पनि आवश्यक गणपूरक संख्या नपुगेका कारण सभा स्थगित गरिएको थियो।

सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । त्यस्तै, सभामा अघिल्लो दुई आर्थिक वर्षको लेखा विवरण स्वीकृत गर्ने,चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको रिक्त रहेको सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने  लगायतका प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसको अर्थ जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार १०:३४