७ असार २०८३, आइतबार | Sun Jun 21 2026

यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुँदै

९ असार, काठमाडाैं ।  यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीले सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हाे । इन्स्योरेन्सले असार ३० गते अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रा.लि., भाटभटेनी, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले १५ प्रतिशत हकप्रद संशोधन गरी बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असार १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : June 23, 2025 at 9:35 am