३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

५ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।  बिहीबार नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ९ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो ।

यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ। यस दिन पियोर इनर्जीको सेयरमा नकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयरमूल्य यस दिन १२० रुपैयाँ ६८ पैसा घटेर १ हजार ८६ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : June 19, 2025 at 3:29 pm