स्यार्पु पावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा
४ जेठ, काठमाडौं। स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको छैठौं वार्षिक साधारण सभा असार २६ गते रुकुम पश्चिममा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने तथा सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
प्रकाशित मिति : 10:13









