मकरी गाड हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने
२ जेठ, काठमाडौं । मकरी गाड हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन प्रस्तावसहित असार १८ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साझ ५ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने, आईपीओ बाँडफाँडपछि प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गर्नेछ।
प्रकाशित मिति : २ असार २०८२, सोमबार १०:३५













