संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
१ असार, काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिनुभएको छ । प्रतिपक्षी दलहरूको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राप्रपाका सांसदहरू बैठक छाडेर बाहिरिनुभएको हो ।
प्रतिनिधिसभा बैठकमा रास्वपाले वेल घेराउ गरिरहनुभएको छ।यसैबीच राप्रपाका सांसदले उठेर विरोध जनाउनुभएको थियो ।तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किनुभएको हो ।
प्रकाशित मिति : 14:45









