छुट्ला है ! एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२७ जेठ, काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीले लाभांश पारित गर्न असार १० गते काठमाडौंको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा साधारण सभा बोलाएको छ । सभा बिहान साढे १० बजेदेखि सुरू हुनेछ ।
प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार ०९:२१