सान्भि इनर्जीको आईपीओ तपाइलाई पर्यो कि ? यसरी हेर्नुहोस् नतिजा
२६ जेठ, काठमाडौं । सान्भि इनर्जीको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीले गत जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो।
सो निष्काशनमा कुल २० लाख ४३ हजार २४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ६७४ आवेदन रद्द भएको छ भने २० लाख ३० हजार १५७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड भएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा कुल २ लाख ४१ हजार ५३० आवेदकल १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। भने १७ लाख ८८ हजार ६४५ जनाको हात खाली भएको छ ।
कम्पनीकाे आईपीओकाे नतिजा केही समयमा प्रकाशित हुने छ । कम्पनीकाे आईपीओकाे नतिजा मेरोसेयर https://meroshare.cdsc.com.np/ , सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १५:३०