१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२६ जेठ, काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश  घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रदान गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई  ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२६८४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १०:५९