सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
१६ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९८० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १०:५१












