महँगी भत्ता ५ हजार पुग्याे, कर्मचारीको तलब भने बढेन
१५ जेठ, काठमाडौँ । सरकारले सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार पुर्याएको छ। सरकारले कर्मचारिको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको हो । तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा गरिएको थियो ।
स्रोत अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १७:१६









