१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

अब महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने

१५ जेठ, काठमाडौँ । सरकारले महिलाका नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत उक्त घोषणा गर्नुभएकाे हाे ।

‘महिला लक्षित उद्यमशीलताको माध्यमबाट रोजगारी तथा स्वरोजगारीका अवसर वृद्धि गरिने छ । महिलाका नाममा उद्योग वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ’, अर्थमन्त्री पौडेलले भन्नुभयाे ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १६:४२