४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराउनुभएकाे हाे ।

उहाँले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि घोषणा गर्नुभयाे । सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने जानकारी दिनुभयाे ।

जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १६:२९