नेपालीलाई विदेशमा लगानी गर्न दिइने
१५ जेठ, काठमाडौं । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघिय संसदमा आगामी आवको बजेट पेश गर्दै नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताउनुभयो ।
यहाँले नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइने र यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने बताउनुभयो । यद्यपी विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको पौडेलले बताउनुभयो ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १६:२६









