९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले आगामी आवको बजेटमा रासायनिक मल अनुदानका लागि पौने २९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै आगामी आवको बजेटमा रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो ।

साथै, आगामी आवको बजेटमा रासायनिक मल व्यवस्थाका लागि कलकारखाना निर्माणमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १५:४६