४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

एकैदिन १६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १६०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार बजारमा छापावाला सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १०:४६