हिम स्टार ऊर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
१२ जेठ, काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत हुन आउने ११ करोड ९० लाख रुपैयाँ बराबरको ११ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न स्वीकृति पाएको हो । कम्पनीको आईपीओ निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
प्रकाशित मिति : 15:22









