२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एमाले सचिवालय बैठक बस्दै, यी बिषयमा छलफल हुने

११ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो २ः०० बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिबारेमा छलफल हुने छ ।

प्रकाशित मिति : 13:21