देउवाले बोलाए पदाधिकारी बैठक
११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । सभापति देउवाले सोमबार बिहान ९ बजेका लागि बैठक बोलाउनुभएको हो ।
बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । बैठकमा क्रियाशील सदस्यता नवीकरणका विषय र समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो ।
प्रकाशित मिति : 12:34









