११ असार २०८२, बुधबार | Wed Jun 25 2025

नेपाल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति

७ जेठ, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हो ।

बोर्डले कम्पनीलाई रु. १०० अंकित दरमा ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर निष्कासनका गर्न अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १७:२८