३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

अष्ट्रेलियामा नेपाली खेलाडी आशिक खड्कालाई स्वर्ण पदक

https://www.muktinathbank.com.np/online/loan-application

अष्ट्रेलिया । नेपाली युवा आशिक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न ICN Natural Body Building प्रतियोगितामा उल्लेखनीय सफलता हात पारेका छन्। उनले फिजिकल तर्फ दुईटा स्वर्ण पदक र समग्र पदक तालिकामा प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका छन् ।

खड्का अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी हुन्। हाल उनले सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन्। पढाइ, पारिवारिक जिम्मेवारी, र व्यक्तिगत जीवन सन्तुलनमा राख्दै उनले शरीर सुगठन प्रतिको आफ्नो अटल समर्पण र मेहनतलाई निरन्तरता दिएका छन्।

कसैले सोच्न सक्दैन कि पढाइ र संघर्षले भरिएको जीवनको बीचमा पनि अशिकले यस्तो गौरवमय उपलब्धि हासिल गर्न सक्दछन्। उनी ब्रिसबेनका विभिन्न प्रतिष्ठित सङ्गठनहरूसँग संलग्न छन् र समाजमा युवाहरूलाई स्वास्थ्य र फिटनेसप्रति प्रेरित गरिरहेका छन्।

उनको शरीर निर्माण प्रतिको लगाव, निरन्तर अभ्यास र कडा परिश्रमले नेपाली युवाहरूका लागि नयाँ प्रेरणा र सम्भावनाको ढोका खोलेको छ। अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अशिकको यस सफलतालाई गर्वका रूपमा लिएको छ।

प्रतियोगिता विजय पश्चात प्रवासी नेपाली मञ्च कुईन्सल्याण्डका अध्यक्ष प्रेम शाहीको टोलीले चौतारीमा रेष्टुरेन्टको सभाहलमा आशिकको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा खादा माला लगाई उनलाई सम्मान गरिएको थियो र विजयीको खुसीमा केक काटेर भव्य रूपमा सफलताको उत्सव मनाइएको थियो।

प्रकाशित मिति : May 21, 2025 at 2:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/