१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

बोनस सेयरमा लाग्ने कर तिर्न सेयरधनीहरूलाई हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह

५ जेठ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै २०८१ माघ २४ गतेसम्म कायम रहने सेयरधनीहरूलाई करबापतको रकम जम्मा गर्न अनुरोध गरेको हो ।

कम्पनीको गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सोही बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

यद्यपी साविकको प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र युनियन लाइफ मर्जर भएको मिति २०८० वैशाख २६ गते अघि कायम रहेको सेयरधनीहरुको बोनस सेयरमा कर नलाग्ने तथा सो मितिभन्दा पछि सेयर खरिद गरेका सेयरधनीहरुको हकमा करबापतको रकम कम्पनीको नाममा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खातामा जम्मा गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खाता नम्बर ०८७००१००६१०९०९००००० मा कर वापतको रकम जम्मा गर्न भनेको छ । सेयरधनीले पैसा जम्मा गरेको बैंक भौचर वा कनेक्ट आईपीएसमार्फत जम्मा गरी कम्पनीको ईमेल ठेगानामा जम्मा गरेपश्चात मात्रै उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिने सूचनमा उल्लेख छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार ११:४८