१० असार २०८३, बुधबार | Wed Jun 24 2026

४८.६७ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा, प्रतिसेयर आम्दानी कति ?

५ जेठ, काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 समीक्षा अवधिमा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको  कुल आम्दानी ८.८९ प्रतिशतले घटेर  २८ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा भने कम्पनीले ३१ अर्ब २० करोड रुपैयाँ कुल आम्दानी गरेको थियो ।

१८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५ पैसा, कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ४२।७४ गुणा रहेको छ।

प्रकाशित मिति : May 19, 2025 at 9:30 am