नेशनल लाइफको सीईओमा सुरेश प्रसाद खत्री पुनः नियुक्त
४ जेठ, काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्री पुनःनियुक्त हुनुभएको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले सिईओमा खत्रीलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँलाई जेठ ३ गतेदेखि लागू हुनेगरी थप ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १०:३३