आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
२ जेठ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैबीच यस दिन चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार १०:५४