३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

२ जेठ, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिनुभयो ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : May 16, 2025 at 10:01 am