७ असार २०८३, आइतबार | Mon Jun 22 2026

हिमालयन रि इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुने

२ जेठ, काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न जेठ २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यको अर्थ जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : May 16, 2025 at 9:24 am