१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

३० वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार दिन आइतबार १२.५३ अंकले घटेर २६४९.११ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४३ अंकले बढेर २६५०.५४ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६९ स्टकको १५० पटकको कारोबारमा ८७ लाख ३७ हजार ८४२ रुपैयाँ २० पैसाबराबरको १० हजार ६४९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 13, 2025 at 11:02 am