११ असार २०८२, बुधबार | Wed Jun 25 2025

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

२८ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैयाँ हुने गरी मूल्य समायोजन भएकाे हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १७:१६