३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

सानिमा रिलायन्स लाइफको नाफा १०.७७ प्रतिशतले बढ्यो

२८ वैशाख, काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ३३ करोड ७६ लाख रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले बीमाशुल्क आर्जन १५.८८ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो आवमा कम्पनीले ४ अर्ब १ करोड रहेको बीमाशुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे कुल आम्दानी पनि बढेर ६ अर्ब १२ करोड पुगेको छ । यो अवधिमा कम्पनीले कुल ५ अर्ब ७८ करोड रुपैयाँ खर्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १७.४१ प्रतिशतले बढी हो । कम्पनीको खुद दाबी भुक्तानी पनि ३ अर्ब ८३ करोडबाट बढेर ४ अर्ब ६९ करोड पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६० र मूल्य आम्दानी अनुपात ४६.०६ गुणा रहेकाे छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार ११:२२