प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
२८ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। अघिल्लो कारोबार दिन गत बुधबार १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०९ अंकले घटेर २६६१.५५ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ३२ स्टकको ११४ पटकको कारोबारमा ३३ लाख ९६ हजार ७२२ रुपैयाँ बराबरको ७ हजार ४९२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : May 11, 2025 at 10:59 am










