एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
२८ वैशाख, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १०:३१