३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२८ वैशाख, काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन पनि ११.६१ प्रतिशतले बढेर ३२ अर्ब ५० करोड रुपैयाँ पुगेकाे छ । अघिल्लो आवमा  कम्पनीले २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले ४७ अर्ब ७२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी ४२ अर्ब ७९ करोड रहेको थियो ।

चुक्ता पूँजी ९ अर्ब २ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब १८ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमामा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १२ पैसा घटेर ९ रुपैयाँ ६३ पैसा, मूल्य आम्दानी अनुपात ७०.०१ गुणा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार ०९:५३