राष्ट्र बैंकको नेतृत्व नियुक्तिलाई राजनीतिकरण नगर्न सांसद ढकालको आग्रह
२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले नेपाल राष्ट्र बैंकको नेतृत्व नियुक्तिलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले गर्भनर नियुक्ति लाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको हो । गर्भनर नियुक्तिको विषयलाई राजनीतिक भागवण्डाको विषय बनाउँदा मौद्रिक नीति निर्माण लगायतमा असर परेको भन्दै उहाँले गर्भनर नियुक्तिका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने गर्नुभएको हो ।
प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १४:५७