१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

आफ्ना सांसदहरूलाई वैशाख २८ गते संसद्‌मा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

२६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)ले आफ्ना सांसदहरूलाई वैशाख २८ गते संसद्‌मा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

वैशाख २८ गते संसद्‌मा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले एमाले सांसदहरूलाई अनिवार्य उपस्थित हुन मुख्य सचेतक महेशकुमार बर्तौलाले ह्वीप जारी गर्नुभएकाे हाे ।

मुख्य सचेतक बर्तौलाले जारी गरेको ह्वीपमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको ‘आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ,’ ।

सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते निर्णयार्थ पेश गर्ने संसद्को कार्यसूची छ ।

यस्ताे छ विज्ञप्तिः

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १२:५६