प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
२६ वैशाख, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६७ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सले ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १७.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाुशल्क आर्जन २ अर्ब ९६ करोड रुपैयाँ थियो । त्यस्तै कम्पनीको कुल खर्च पनि ३ अर्ब ६२ करोडबाट बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी पनि ३ अर्ब ८९ करोडबाट बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा १० करोड ४७ रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा, प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ।
प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार ०९:४२