३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

हरियाली छाएको बजारमा यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२४ वैशाख, काठमाडौं । साताको चौथों कारोबार दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ को विन्दुमा कायम भएको छ ।

आज सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ५९ करोड २० लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख ६२ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ४३ करोड ११ लाख ९३ हजार रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ४२ करोड ६३ लाख २८ हजार रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ४१ करोड ८ लाख ७५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : May 7, 2025 at 3:30 pm