२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिने

२३ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले संसद्‍मा जवाफ दिने हुनुभएकाे छ ।

मंगलबार प्रतिनिधि सभामा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ मागेर अवरोध गर्न खोजेका थिए । त्यसक्रममा सभामुख घिमिरेले यही वैशाख २५ गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 12:59