रेशम चौधरी घटनामा प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्ः रञ्जिता श्रेष्ठ
२३ वैशाख, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी पक्राउको निष्पक्ष छानबिनको माग गर्नुभएकाे छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै श्रेष्ठले एउटा व्यक्तिको रिसीबीलाई कानुनभन्दा माथि राखिएको भन्दै त्यसको गहिरो अध्ययन हुनुपर्ने बताउनुभएकाे हाे ।
‘कसरी राज्यका संयन्त्रहरुले एक व्यक्तिले व्यक्तिको रिसिबीलाई कानुनभन्दा माथि राख्छन्,सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु- यो घटनाको गहिरो अध्ययन होस्,’ श्रेष्ठले भन्नुभयाे, ‘वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। रेशम चौधरीप्रति भएको व्यवहकारको सार्वजनिक जबाफ दिइयोस्।’
प्रकाशित मिति : 12:28









