रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु न्यायसङ्गत छैनः सांसद कार्की
२२ वैशाख, काठमाडौँ । सांसद रोशन कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसङ्गत नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले लामो समय हिरासतमा राखेर सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाउनुभयो ।
“मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु र रेशम चौधरीलाई बिना कारण पक्राउ गर्नु कहाँको न्याय हो ?, न्यायिक छानबिन गर्न माग गरिरहेका छौँ तर सुनुवाइ भइरहेको छैन”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : 13:41









