१ असार २०८३, सोमबार | Mon Jun 15 2026

रेशम पक्राउबारे जवाफ दिन भोलिसम्मको अल्टिमेटम, नत्र सरकार छाड्ने चेतावनी

२२ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लालवीर चौधरीले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे जवाफ दिन सरकारलाई भोलिसम्मको समय दिनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नाउपा सांसद चौधरीले प्रधानमन्त्री वा गृहमन्त्रीले रेशम पक्राउबारे भोलिसम्म जवाफ नदिए सरकार छाड्ने चेतावनी दिनुभएको हो ।

चौधरीले भन्नुभयो, ‘महिमानसिंह विष्टले पत्र लेख्ने र पक्राउ गर्ने पत्र काट्नुभएको छ, सर्वोच्च अदालतबाट त्यो फर्जी भनेर भनिएको छ। यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन। त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं।’

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुग्नुभएका रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : May 5, 2025 at 12:43 pm