४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

नेपाल माइक्रो इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

२२ वैशाख, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो दोस्रो वार्षिक साधारणसभा जेठ १६ चितवनको भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे बोलाउने निर्णय गरेको हो।

साधारणसभामा सञ्चालक समितिका अध्यक्षबाट पेस हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा आवश्यक अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गरिने सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिनेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : May 5, 2025 at 10:25 am