सोलार फार्मले आइपीओ निष्काशन गर्ने, अनुमति माग्दै बोर्डमा दियो आवेदन
२१ वैशाख, काठमाडौं । सोलार फार्म लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ करोड २८ लाख ५७ हजार रुपैयाँ बराबरको १९ लाख २८ हजार ५७२ कित्ता आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीकाे आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । ।
प्रकाशित मिति : 17:51









