आइतबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२१ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ को विन्दुमा झरेको छ ।
यस दिन सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरका सेयर कारोबार भएको छ । आज कम्पनीको ६० करोड ४८ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ५५ करोड १४ लाख ६४ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ५१ करोड ४६ लाख ८ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ५० करोड ५६ लाख ९३ हजार रुपैयाँ, अपी पावर कम्पनीको ३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:15









