ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ
२१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटरमा आज आयोजित सपथ ग्रहणको कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।त्यस अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीपरिषद्का सदस्य, सरकारका उच्चपदस्थ अधिकारीलगायत विशिष्ट व्यक्ति उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते सांसद गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रकाशित मिति : 13:51









